म्याग्दीका पर्यटकीय गाउँ घोडेपानी, नागी, पुनहिल, राम्चे, भुरुङ तातोपानी, मुदीलगायतका जंगलमा ढकमक्क लालिगुराँस फूलेपछि वनपाखा गाउँ रमणीय बनेका हुन् ।
गाउँघर गुराँसले सजिएसँगै गाउँमा पुग्ने स्वदेशी तथा विदेशी पर्यटकको संख्यासमेत बढेको स्थानीय वासिन्दा बताउँछन् ।
लालीगुराँस फूलेका ठाउँ हुँदै ओहोर–दोहोर गर्ने विदेशी पर्यटक पनि आकर्षित भएको घोडेपानीस्थित होटल सन्नीका सञ्चालक डमबहादुर पुनले जानकारी दिए । घोडेपानी क्षेत्रमा १९ प्रजातिका लालीगुराँस पाइन्छ ।
लालीगुराँसले ग्रामिण सौन्दर्यता बढाउनका साथै स्थानीयको आयआर्जनमा पनि सहयोग पुर्याएको छ ।
म्याग्दीका ग्रामिण महिलाले लालीगुराँसको जुस बनाएर मनग्गे आम्दानी गर्दै आएको म्याग्दी उद्योग वाणिज्य संघले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्