२६ बैशाख २०८२, शुक्रबार | Sat May 10 2025


ट्रम्पको फोन ट्यापिङ गरिएको छैन् : जेम्स कोमी


0
Shares

ट्रम्पले शनिबार ट्वीट गर्दै राष्ट्रपति निर्वाचित हुनु एक महिनाअघि तत्कालीन राष्ट्रपति बाराक ओबामा प्रशासनले आफ्नो फोन ट्यापिङ गरेको दाबी गरेका थिए ।

तर, एफबीआई प्रमुख कोमीले ओबामा प्रशासनले ट्रम्पको फोन ट्याप गरेको दाबी अस्वीकार गरेको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् ।

ट्रम्पले ट्वीट गरेर चुनावको नतिजा आउनु केही अघि मात्रै ओबामा सरकारले ट्रम्प टावरमा टेलिफोन ट्याप गरेको र केही नपाएको आरोप लगाएका हुन् ।

एफबिआई निर्देशक कोमीले न्याय विभागसँग ट्रम्पले ओबामा सरकारमाथि लगाएको आरोप खारेज गर्न आग्रह गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

यस्तै अमेरिकी गुप्तचर विभागका पूर्व प्रमुख जेम्स क्लापरले ओबामाको पालोमा कसैको पनि टेलिफोन ट्याप नगरिएको बताएका छन् । (एजेन्सी)