Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


मुसहरले गिरान्चौरवासीलाई बिदाइ गर्दा भावुक बने


0
Shares

पहाडी जिल्लाबाट श्रमदान गर्न आइपुगेका उनीहरुलाई मुसहर बस्तीका स्थानीयवासीले मधेसको पहिचान ‘गम्छाको पगडि’ लगाएर बिदाइ गरेका थिए ।

उनीहरुले गिरान्चौर एकीकृत नमुना बस्तीका व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर तामाङलाई अबिर लगाएर मायाको चिनो प्रदान गरेका थिए भने गिरान्चौरका स्थानीयवासीको तर्फबाट नमुना बस्तीका अध्यक्ष तमाङले अबिर लगाएर एकीकृत नमुना मुसहर बस्तीका अध्यक्ष विल्टु सादालाई ढाका टोपी लगाएर मायाको चिनो साटासाट गरेका थिए ।

सो अवसरमा गिरान्चौरवासीले धुर्मुस (सीताराम कट्टेललाई)ढाका टोपी तथा मुसहर बस्तीका बासिन्दाले गम्छा ओढाएर सम्मान गरेका थिए । रासस