२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


विश्व कीर्तिमान बनाउन ८६ वर्षको उमेरमा सगरमाथा चढ्दै शेरचन


0
Shares

‘मीनबहादुर शेरचन सगरमाथा आरोहण अभियान’ले सोमबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा अभियानका संयोजक जीतबहादुर घर्तीमगरले हिमाल चढेर विश्व कीर्तिमान कायम राख्न शेरचन सगरमाथा आरोहण गर्न लागेको बताए ।

उनले भने–‘सन् २०१५ मा सगरमाथा आरोहण गर्न लाग्नुभएको थियो, त्यतिबेला भूकम्पले गर्दा जान सक्नुभएन अहिले अभियान नै बनाएर उहाँलाई सगरमाथा पठाउन लागेका छौं ।’

आरोही शेरचनले ‘विश्व शान्ति र पृथ्वी आमाको रक्षाका लागि’ आफू विश्वकै सर्वोच्च शिखर सगरमाथा जान लागेको बताए ।

उनले भने–‘म बुढो भए पनि मेरो आँट बुढो भएको छैन, म सगरमाथा चढेरै छाड्छु ।’

यसअघि, शेरचनले ७६ वर्षको उमेरमा सन् २००८ मा सगरमाथा चढेका थिए ।

उनलाई सगरमाथा आरोहण गर्नका लागि म्याग्दी प्रवासी नेपाली संघ बेलायत, गैरआवासीय नेपाली संघ बेलायत, थकाली समाज बेलायत, मगर समाज बेलायतलगायत संघ–संस्थाको सहयोग रहेको छ ।

पत्रकार सम्मेलनमा समाजशास्त्री प्रा.डा. कृष्ण भट्टचनले वृद्ध उमेरमा पनि नेपाल र नेपालीको नाममा शेरचनले गरेको अठोटलाई सरकारले सहयोग र सम्मान गर्नुपर्ने बताए । रासस