प्रहरी प्रशासनले ‘माथिको आदेश’ जनाउँदै निर्वाचन गराउन नदिएको जिकिर क्याम्पस प्रमुख डा. निर्मलाकुमारी सुवालले गरिन् ।
निर्वाचनको सम्पूर्ण तयारी पूरा भएपनि क्याम्पस प्रमुखसहित निर्वाचन समितिका सदस्यलाई प्रहरीले भित्र प्रवेश गर्न नदिएपछि निर्वाचन हुन नसकेको उनले बताइन् ।
‘निर्वाचन गराउन बिहान हामी सबै क्याम्पसमा प्रवेश गर्दै थियौं’–उनले भनिन्–‘तर त्यहाँ खटिएका प्रहरी निरीक्षकले मलाई माथिको आदेश भन्दै भित्र जान दिएनन् ।’
उनले सबै विद्यार्थी संगठनको सहमतिअनुसार नै आज निर्वाचन गर्ने आफूहरुले तयारी गरेको बताउँदै आफूहरुलाई निर्वाचन नगराउन कतैबाट पनि लिखितरुपमा पत्र नआएको जानकारी दिइन् ।
यही फागुन १८ गतेलाई तय भएको स्ववियु निर्वाचन विद्यार्थी संगठनकै अनुरोधमा आजका लागि सारिएको थियो ।
निर्वाचन माग गर्दै निवेदन दायर
रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)मा स्ववियु निर्वाचन अवरोध भएको हुँदा पुनःनिर्वाचनको कार्यतालिका प्रकाशन गरी स्ववियु निर्वाचन गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।
आरआर क्याम्पसमा स्नातकोत्तर जनसंख्या विषयमा अध्यनरत् तथा स्ववियु अध्यक्षका प्रत्याशी तपेन्द्रबहादुर शाहीले जिल्ला प्रशासन कार्यालय काठमाडौं, क्याम्पस प्रमुख र निर्वाचन अधिकृतलाई विपक्षी बनाइ दायर गरेको निवेदनमा पूर्वनिर्धारित् कार्यतालिकामा अवरोध भएपनि उम्मेदवार यथावत् राखी अर्को निर्वाचनको कार्यतालिका पुनः प्रकाशन गर्न माग गरिएको छ ।
निवेदनमा विद्यार्थीको हक–हितमा आवाज उठाउने, चुन्न र चुनिन पाउने अधिकारबाटसमेत बन्चित हुने भएको हुँदा निर्वाचनको कार्यतालिका पुनः सार्वजनिक गर्न आदेशको माग गरिएको छ । रासस





प्रतिक्रिया दिनुहोस्