उद्योगमन्त्री नवीन्द्रराज जोशीको संयोजकत्वमा विदेशी लगानीसम्बन्धी उच्चस्तरीय समितिसहित तीनओटा उपसमिति गठन गरिएको मन्त्रालयले जनाएको छ ।
सोमबार मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा मन्त्री जोशीले लगानी सम्मेलनमा गरेको प्रतिबद्धता कार्यान्वयन गर्न र लगानीकर्तासँग समन्वय गर्न मुख्य समितिसहित तीनओटा उपसमिति गठन गरेको बताए ।
मुख्य समितिमा वाणिज्य, पर्यटन, भौतिक पूर्वाधारलगायतका मन्त्रीसमेत छन् । उपसमितिमा निजी क्षेत्रलाई पनि समावेश गरिएको बताइएको छ ।
मन्त्रालयले विदेशी लगानी नीति उपसमिति, विदेशी लगानी प्रबद्र्धन उपसमिति, विदेशी लगानीसम्बन्धी परियोजना उपसमिति गठन गरेको जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्