Logo ४ आश्विन २०८२, शनिबार | Sun Sep 21 2025


चेल्सीले वेष्ट ह्याम युनाईटेडलाई हरायो, कोष्टा र हाजार्डले गरे गोल


0
Shares

वेष्ट ह्यामको मैदानमा भएको लण्डन डर्बीमा चेल्सी २-१ ले विजयी भएको हो ।

खेलमा चेल्सीलाई विजयी गराउन डिएगो कोष्टा र एडिन हाजार्डले एक–एक गोल गरे । वेष्ट ह्यामका म्यानुअल लान्जीनीले एक गोल फर्काए ।

यो जितसँगै चेल्सीले अंक तालिकामा दोस्रो स्थानको टोटनह्यामसँगको दूरी १० अंक पुर्‍याएको छ ।

२७ खेलबाट चेल्सीको ६६ अंक छ भने समान खेलबाट ५६ अंक जोडेको टोटनह्याम दोस्रो स्थानमा छ ।

५५ अंकसहित तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले बुधबार राती स्टोक सिटीसँग खेल्नेछ ।