६ जेष्ठ २०८२, मंगलबार | Wed May 21 2025


राष्ट्रपति भण्डारी र पूर्वराजा ज्ञानेन्द्र एउटै कार्यक्रमका अतिथि


0
Shares

नवलपरासीको देवचुली नगरपालिका–२ दुम्कौलीमा चौधरी ग्रुपले निर्माण गरेको शाश्वत धामको उद्घाटन र धर्मसभामा सहभागी हुन राष्ट्रपति भण्डारी र पूर्वराजा शाह जान लागेका हुन् ।

राष्ट्रपति र पूर्वराजा एउटै सार्वजनिक कार्यक्रममा सहभागी हुन लागेको यो पहिलो पटक हो ।

चौधरी गु्रपका संस्थापक विनोद चौधरीको पहलमा दुवै जनालाई आमन्त्रण गरिएको हो ।

कार्यक्रमअनुसार शाश्वत भवनको राष्ट्रपति भण्डारीले उद्घाटन गर्नेछिन् भने सर्वधर्म सभामा पूर्वराजा विशिष्ट अतिथिको रुपमा रहनेछन् ।