
जनकपुर, फागुन १९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले एक वर्षको अवधिमा कुनै पनि महत्वपूर्ण कार्य गर्न नसकेको बताएका छन् ।
नेपाल प्रेस युनियन धनुषाले आज जनकपुरमा गरेको पत्रकार सम्मेलनमा उनले सरकार कार्यमुखीभन्दा पनि प्रचारमुखी भएको आरोप लगाए ।
नेपाली कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गरेको भन्दै उनले सरकार संघीयतालाई समेत कमजोर बनाउने लागिरहेको धारणा राखे ।
सभापति देउवाले सरकार प्रेस नियन्त्रण गर्न उद्यत रहेको भन्दै प्रेस स्वतन्त्रतालाई कुनै हालतमा कुण्ठित हुन नदिने बताए ।
प्रदेश नं २ को कामकाजको भाषा मैथिली र प्रदेशको नामकरण मिथिला वा मिथिला–भोजपुरा उपयुक्त हुने देउवाको सुझाव थियो ।
प्रतिक्रिया दिनुहोस्