Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


मोर्चाले आह्वान गरेको बन्दका कारण तराई ठप्प, विहानैदेखि प्रदर्शन


0
Shares

प्रहरीसँगको झडपमा सोमबार सप्तरीमा आफ्ना कार्यकर्ताको मृत्यु भएको विरोधमा मोर्चाले आज तराईका जिल्ला बन्द आह्वान गरेको हो ।

बन्दका कारण सिरहा, सप्तरी, रौतहट, धनुषा, महोत्तरी, सर्लाहीलगायतका जिल्ला प्रभावित भएका छन् ।

यातायात, कलकारखाना, व्यापार व्यवसाय ठप्प भएका छन् भने शैक्षिक संस्था पनि खुल्न सकेका छैनन् ।

ती जिल्लामा मोर्चाका कार्यकर्ताले बिहानैदेखि ठाउँठाउँमा प्रदर्शन गरिरहेका छन् ।

उनीहरुले प्रहरीको गोली लागि मृत्यु भएकाहरुलाई सहिद घोषणा गर्नुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, दोषीलाई कारबाहीको माग गरेका छन् ।

मोर्चाका कार्यकर्ताले एमालेको मेची–महाकाली अभियान कुनै पनि हालतमा सञ्चालन गर्न नदिने अडान राखेका छन् ।

मोर्चाका कार्यकर्ताको प्रदर्शनपछि तराईका जिल्लामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।