Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


वीरगन्जमा एमाले विरुद्ध चर्को नाराबाजी, ठाउँ-ठाउँमा प्रदर्शन(हेर्नुहोस तस्विर)


0
Shares

  तस्विर: अनिल तिवारी/ईमेज

वीरगञ्जका विभिन्न स्थानमा मोर्चाले बिहानैदेखि प्रदर्शन गरिरहेको छ । मुख्य बजार घण्टाघर, आदर्शनगर, छपकैया, मूर्लीलगायतका स्थानमा मोर्चाका कार्यकर्ताले टायर बालेर प्रदर्शन गरका छन् ।

यतिबेला वीरगन्ज ठप्प छ । पसलहरु बन्द भएका छन् । शिक्षण संस्था पनि ठप्प छन् ।

birjunge3

सवारी आवागमन बन्द भएको छ भने उद्योग कलकारखाना पनि प्रभावित भएका छन् । नगर क्षेत्रमा जनपथ र सशस्त्र प्रहरीको परिचालन बाक्लो तुल्याइएको छ ।

बन्द आह्वानकर्ताहरु विहानै देखी विभिन्न चोकमा टायरवाली लामो तथा छोटो दुरीका सवारी साधन संचालनमा रोक लगाएपछि बस पार्क यसकडौं यात्रु अल्पत्र परेका छन् ।

यातायातका साधन संचालन नभएपछि भारतको रक्सौल नाका हुदै नेपाल प्रवेश गरेका यसकडौ यात्रु वीरगन्जको बस पार्कमा अल्पत्र परेका छन् ।

birjunge2

मोर्चाका कार्यकर्ताले विभिन्न स्थानमा टायर बालेर नाराबाजी गरिरहेका छन् । रामगढवा, पावरहाउसचोक र नयाँ बसपार्क क्षेत्रमा पनि प्रदर्शन भएको छ । उनीहरुले एमाले र सरकारविरुद्ध चर्को नाराबाजी गरेका छन् ।

एमालेको मेची–महाकाली अभियानअन्तर्गत सप्तरीको राजविराजमा भएको सभा बिथोल्न गएका मोर्चाका ४ कार्यतकर्ता प्रहरीको गोली लागेर मारिएपछि विरोधमा प्रदर्शन तीव्र भएको हो ।

कार्यकर्ता मारिएपछि मोर्चाको आकस्मिक बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै घटनाको विरोधमा २ दिने बन्द आह्वान गरेको हो ।

birjunge1