
एनएमबी बैंकको आयोजनामा राजधानीमा सुरु भएको ‘ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज’ सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले जनतामुखी नहुने बैंकलाई सरकारले कारबाही गर्ने चेतावनी दिए ।
बैंकहरु सेवामुखी हुनुपर्ने भन्दै उनले ग्रामीण क्षेत्रमा पुग्न आग्रह गरे । कृषि, पर्यटन र उर्जा नेपालको विकासका आधार भएको भन्दै उनले तीनवटै क्षेत्रमा लगानी गर्न पनि बैंकहरुलाई सुझाव दिए ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर चिरञ्जीवी नेपालले आर्थिक क्षेत्रको समृद्धिको आधार बैंकहरु भएकाले विकासका क्षेत्रमा लगानी गर्न आग्रह गरे ।
उनले स्थानीय समुदायको क्षेत्रमा लगानी गरेर समुदायको विकासमा केन्द्रीत भए सम्मुनत राष्ट्र निर्माण हुने बताए । बैंकहरु नफामूखी नभएर सेवामूलक हुनुपर्नेमा उनको जोड थियो ।
तीन दिनसम्म चल्ने सम्मेलनमा एसिया, अफ्रिका, अस्ट्रेलिया, अमेरिका, उत्तरकोरिया, युरोपलगायत देशका विभिन्न बैंकका प्रतिनिधि सहभागी छन् ।
सम्मेलनमा दक्षिण पूर्वी एसियामा मुल्य मान्यतामा आधारित बैंकिङ क्षेत्रका उपलब्धि र चुनौतिका बारेमा छलफल भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्