
मधेसी मोर्चाले आह्वान गरेको बन्दकाक्रममा प्रदर्शनमा उत्रिएका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच राजविराजस्थित अदालतछेउमा झडप भएको हो ।
झडपकाक्रममा प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको छ । प्रहरी र प्रदर्शनकारीबीच ढुंगा हानाहानसमेत भएको छ ।
यसैबीच, आन्दोलनरत् मधेसी मोर्चाका कार्यकर्ताले राष्ट्रिय मानवअधिकार आयोगको गाडीमा तोडफोड गरेका छन् ।
आयोगको जनकपुर क्षेत्रीय कार्यालयको बा५च ७४७३ नम्बरको गाडी सप्तरी जिल्ला अदालतअगाडि मोर्चाका कार्यकर्ताले तोडफोड गरेका हुन् ।
राजविराजमा सोमबार भएको घटनाको वास्तविकता बुझ्न आयोगको टोली राजविराज पुगेको हो । गाडीमा सवार मानवअधिकारकर्मीलाईसमेत मोर्चाका कार्यकर्ताले आक्रमणको प्रयास गरेका थिए ।
यस्तै, मोर्चाका कार्यकर्ताले स्थानीय शान्ति समितिको कार्यालयमा आगजनी गरेका छन् ।
मोर्चाका कार्यकर्ताले राष्ट्रिय वाणिज्य बैंकको कार्यालयमा पनि ढुंगा प्रहार गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्