मोर्चाको मंगलबार राजविराजमा बसेको बैठकले घटनाको सत्यतथ्य छानबिन गर्न उच्चस्तरीय समावेशी न्यायिक छानबिन समिति गठन गर्नसमेत आग्रह गरेको छ ।
मोर्चाको बैठकपछि मोर्चा सप्तरीका संयोजक दिनेशकुमार यादवद्वारा जारी विज्ञप्तिमा सोमबार प्रहरीसँगको झडपकाक्रममा मृत्यु भएका तीनैजनालाई सहिद घोषणा गरी मृतकका परिवारलाई राहत तथा एक सदस्यलाई सरकारी रोजगारी दिनुपर्ने माग गरिएको छ ।
मोर्चाले परिमार्जनसहित संविधान संशोधन प्रस्ताव तत्काल पारित गर्नमा जोड दिएको छ ।
विज्ञप्तिमा सप्तरीमा तीनजनाको मृत्यु हुने गरी भएको घटनामा राष्ट्रिय मानवअधिकार आयोगको ध्यान नपुगेको आरोप पनि लगाइएको छ । रासस









प्रतिक्रिया दिनुहोस्