Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


पुरुषलेभन्दा फरक तरिकाले देश चलाउन सक्छौं : महिला नेत्री


0
Shares

१०७औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर मंगलबार राजधानीमा गरिएको कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा नेपाल महिला सघंकी अध्यक्ष उमा रेग्मीले संविधानले दिएको अधिकार कार्यान्वयन नभए लडेर पनि अधिकार स्थापित गर्ने बताइन् ।

महिलाहरु ३३ प्रतिशतमात्र होइन, ५० प्रतिशत नै अधिकार लिन सक्षम रहेको उनको भनाइ थियो ।

कार्यक्रममा नेकपा एमालेकी नेत्री शान्ता मानवीले आफूहरुलाई अवसर दिए पुरुषलेभन्दा फरक तरिकाले देश चलाउन सक्ने दाबी गरिन् ।

यस्तै, नेकपा माओवादी केन्द्रकी नेत्री अमृता थापामगरले स्थानीय तहको निवार्चनपछि महिलाहरुले देशको मुख्य भूमिकामा आफनो उपस्थिति देखाउने बताइन् ।

Skip This