Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


सप्तरीका नयाँ प्रजिअमा कटवाल, प्रहरी प्रमुखमा द्विवेदी र सशस्त्रमा झा


0
Shares

अर्खाखाँचीका प्रजिअ कटवाललाई सप्तरी सरुवा गरिएको मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले जानकारी दिए ।

त्यसैगरी, सप्तरीको नेपाल प्रहरीको प्रमुखमा उपरीक्षक अनुराग द्विवेदी र सशस्त्र प्रहरी बलको उपरीक्षकमा रामआधार झालाई खटाइएको छ ।

यसअघि, मंगलबार बिहान मन्त्रालयले सप्तरीका प्रजिअ उद्धव तिमिल्सिना, नेपाल प्रहरीका उपरीक्षक दिवस लोहनी र सशस्त्र प्रहरी बलका उपरीक्षक जयबहादुर खड्कालाई राजधानी फिर्ता बोलाएको थियो ।

मन्त्रालयका प्रवक्ता पन्थीले सप्तरीको अवस्था असहज भएकाले उनीहरुलाई फिर्ता बोलाएर नयाँ टोली पठाइएको बताए ।

सोमबार नेकपा एमालेले आयोजना गरेको मेची–महाकाली अभियानमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अवरोध गर्दा प्रहरीसँगको झडपमा गोली लागी मोर्चाका तीन कार्यकर्ताको मृत्यु भएको थियो । रासस