२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


टीकापुर घटनामा डीआइजी चौधरी र एसपी सिंहलाई विभागीय कारबाही गर्न सिफारिस


0
Shares

‘प्रहरी संगठनबीच आपसी समन्वय अभाव, असावधानी, गुप्तचरको कमजोरी र सुरक्षा लापरबाहीका कारण टीकापुर घटना भएको ठहर’ गर्दै आयोगले दुईजनामाथि विभागीय कारबाही गर्न सिफारिस गरिएको हो ।

आयोगले कैलालीका तत्कालीन प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठ र इलाका प्रशासन कार्यालय टीकापुरका तत्कालीन प्रशासकीय अधिकृत सुमन धिताललाई पनि सचेत गराउन सिफारिस गरेको छ ।

त्यस्तै, आयोगले उपेन्द्र यादव, राजेन्द्र महतो, अमरेशकुमार सिंह र देव गुरुङलगायतका नेताहरुको उत्तेजक भाषण पनि घटना गराउन सहायक देखिएको ठहर गर्दै आयोगले ती नेताहरुको पनि ध्यानाकर्षण गराउन भनेको छ ।