२३ जेष्ठ २०८०, मंगलबार | Tue Jun 6 2023


कांग्रेसको विधान सहमतिमै संशोधन हुनु राम्रो– नेता केसी


0
Shares

विराटनगर ।  नेपाली काङ्ग्रेका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले पार्टीलाई निर्देशन र विचार प्रवाह गर्ने विधान सहमतिमा संशोधन हुनु राम्रो हो भनेका छन् ।

नेपाल प्रेस युनियन मोरङशाखाद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उनले भने, “पार्टी महासमितिको निर्णयलाई फेरबदल गर्नु नेतृत्वको कमजोरी हो ।

नेता केसीले काङ्ग्रेसको विधान पूर्णरुपमा समावेशी र लोकतान्त्रिक रहेको उल्लेख गर्दै सङ्घीयताको मूलमर्म सिंहदरबारको अधिकार गाउँसम्म पुर्‍याउनु रहेको बताए । 

“वर्तमान चुनौतीलाई सामना गर्नसक्ने नेतृत्वको कमीलाई पूरा गर्न पार्टीको महाधिवेशन समयमै हुनुपर्ने हाम्रो माग हो”, उनले भने “संविधानको प्रभावकारी कार्यान्वयन र भ्रष्टाचार नियन्त्रणमा सरकार गम्भीर हुनुपर्छ ।” रासस