गोली लागी घाइते भएका सप्तरी मलेठ–२ का वीरेन्द्र महतोको उपचारकाक्रममा बुधबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।
आइसीयुकक्षमा रहेका उनको उपचारकैक्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
नेकपा एमालेले आयोजना गरेको मेची–महाकाली अभियान अवरोध गर्न उत्रिएका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा हिंसात्मक बन्न पुगेको सप्तरी घटनामा प्रहरीको गोली लागी सोमबार सन्जन मेहता, पिताम्बर मण्डल र आनन्द साहको मृत्यु भएको थियो ।
१२ जनाभन्दा बढी घाइतेको अझै प्रतिष्ठानमा उपचार भइरहेको छ । जसमा पेटमा गोली लागेका जमुनीका इनरदेव यादवको अवस्था गम्भीर रहेको छ ।









प्रतिक्रिया दिनुहोस्