Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


नारी दिवसः नारामै सीमित, हुने–खाने र हुँदा–खानेको कुरै बेग्लै ! (भिडियो रिपोर्ट)


0
Shares

नारी दिवस मनाउन थालेको दशकौं भइसकेको छ । तर, यो दिवस न गाउँ छिर्न सकेको छ ? न त उनीहरुको जीवनस्तरमा सुधार नै ल्याउन सकेको छ ।

मार्च–८ लाई केही घरानिया र पहुँचमा पुगेका महिलाहरुले नारी दिवस र श्रमिक महिलाहरुले श्रमिक महिला दिवसकोरुपमा मनाएका छन् ।

हुने–खानेले पाँचतारे होटलमा र हुँदा–खाने श्रमिकहरुले शान्तिबाटिकामा आफ्ना हक–अधिकारको ग्यारेन्टीको माग गर्दे दिवस मनाएका हुन् ।

तारेहोटल र सेमिनारहलमा राष्ट्रपति, प्रधानन्यायाधीश र उच्चपदमा पुगेका महिलाहरुको जमघट भयो भने शान्तिबाटिकामा श्रमिक महिलाहरु गोलबन्द भए ।

महिला एकताको सन्देश दिन उठेका महिलाहरु नै यसरी विभाजित हुनु दुःखद् हो ।

तर, श्रमिक महिलाहरुले भने पछिल्लो समयमा घरानिया महिलाहरु श्रमिक महिलाहरुको हक–हित र अधिकारलाई तिलान्जलि दिएर नाम, पद् र कुर्चीको लोभमा फसेको आरोप लगाएका छन् ।

श्रमिक महिलाहरुको हक, अधिकार सुनिश्चित हुन नसकेको भन्दै श्रमिक महिलाहरुले भने बढी नै चित्त दुखाएका छन् ।

अझैपनि ग्रामीण क्षेत्रका महिलाहरुको आर्थिक जीवनस्तरमा सुधार हुन नसकेको, भारी बोक्ने, कलकारखानमा काम गर्ने र कृषि क्षेत्रमा लागेका महिलाहरुको हित हुन नसकेको उनीहरुको भनाइ छ ।

सुकिला–मुकिला महिलाहरुलाई लोकतन्त्र, गणतन्त्रले छोएपनि विपन्न महिलाहरु भने अझै बेखवर छन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।