Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


सप्तरी घटनाबारे जानकारी दिन एमालेले बृहत् भेला गर्ने


0
Shares

                                                                                        फाइल फोटो
बुधबार पार्टी महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय बैठकले राजविराजको शान्तिपूर्ण कार्यक्रममा गरिएको हस्तक्षेपकाविरुद्धमा कार्यकर्तालाई स्पस्ट पार्न र घटनाको भन्डाफोर गर्न भेला आयोजना गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

उनकाअनुसार भेलामा काठमाडौं उपत्यकाभित्र रहेका पार्टी सदस्यहरु, मोर्चा/संगठनका सदस्य र सम्पर्क कमिटीअन्तर्गतका पार्टी सदस्यलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ ।

यसैगरी, बैठकले राजविराज घटना र मेची–महाकाली राष्ट्रिय अभियानकाबारेमा जानकारी दिन देशभरका सबै जिल्लामा जिल्ला आमसभा आयोजना गर्ने निर्णयसमेत गरेको छ ।

बैठकले एमालेका नेता–कार्यकर्तालाई धम्की दिने, कुटपिट गर्ने, कालोमोसो दल्ने, घरबाट विस्थापित गर्नेजस्ता अमानवीय र अराजनीतिककार्य भइरहेकोतर्फ सरकारको ध्यानाकर्षण पनि गरेको छ । रासस

Skip This