
सोमबार सप्तरीको राजविराजमा संयुक्त मधेसी मोर्चा र सुरक्षाकर्मीकाबीच झडप भइ चारजनाको मृत्यु भएपछि उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै पार्टीले यस्तो निर्णय लिएको हो ।
मुलुकमा राष्ट्रिय एकता, सामाजिक सद्भाव र चुनावकानिम्ति अनुकूल वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता रहेकाले पार्टीले आयोजना गर्न लागेको सो यात्रा स्थगन गरिएको पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिएका छन् ।
राप्रपाले राष्ट्रियता, सनातन धर्म र आर्थिक समृद्धि तथा विकासको मुद्दामा केन्द्रित रहेर पार्टीले आगामी चैत ८ देखि १२ गतेसम्म गोरखा, काठमाडौं, झापा र कन्चनपुरबाट एकैदिन सँगसँगै सो यात्रा गर्न लागेको थियो ।
पार्टीका अध्यक्ष कमल थापा र शीर्षस्थ नेताहरु लोकेन्द्रबहादुर चन्द, पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनीलाई ती जिल्लामा यात्रा निकाल्ने जिम्मेवारी दिइएको थियो । रासस
प्रतिक्रिया दिनुहोस्