१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


धरानमा भएको पुष्प प्रदर्शनी मेलामा ३० लाखको कारोबार


0
Shares

बुधबार सम्पन्न पुष्प मेलामा ३० लाख रुपैयाँको बिरुवा बिक्री भएको आयोजकले जनाएको छ ।

फागुन २३ गतेदेखि सन्चालित प्रदर्शनीमा २५ ओटा स्टल राखिएका थिए ।

पुष्प तथा फलफूल कृषि व्यवसाय प्रवद्र्धन समितिका कोषाध्यक्ष प्रेम पराजुलीले २५ ओटा स्टलबाट तीनदिने मेलामा ३० लाखको कारोबार भएको बताए ।

पुष्प मेलाको ३० हजारजनाले अवलोकन गरेको पनि आयोजकले जनाएको छ ।