Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


बार्सिलोनाको उत्कृष्ट पुनरागमन, दोस्रो लेगमा नतिजा उल्टायो


0
Shares

पहिलो लेगको खेलमा फ्रान्सको पेरिस सेन्ट जर्मेन पिएसजीसँग ४-० ले पराजित भएको बार्सिलोनाले बुधबार राति भएको दोस्रो लेगको खेलमा नतिजा उल्टायो ।

आफ्नै मैदानमा भएको खेल ६-१ ले जित्दै बार्सिलोना समग्रमा ६-५ को परिणाम निकाल्दै क्वाटरफाइनलमा पुगेको हो ।

रातिको खेलमा बार्सिलोनालाई विजयी गराउन नेइमारले दुई गोल गर्दा लुईस सुवारेज, लियोनल मेस्सी र सर्जी रोबेर्टोले एक–एक गोल गरे ।

बार्सिलोनाका लागि अर्को एक गोल पिएसजीका कुर्जावाले आत्माघाती स्वरुप गरेका थिए ।

च्याम्पियन्स लिगअन्तर्गत राति भएको अर्को खेलमा पोर्चुगलको बेनीफिकालाई ४-० ले हराउँदै जर्मनीको बोरुसीया डर्टमण्ड पनि क्वाटरफाइनलमा पुगेको छ ।

खेलमा डर्टमण्डलाई विजयी गराउन पिएरे एमरीक औबामायङले ह्याट्रिक गर्दा क्रिश्चियन पुलिसिचले एक गोल गरे ।

पहिलो लेगको खेलमा १-० ले पराजित भएको डर्टमण्ड दोस्रो लेगमा हात पारेको फराकिलो जितसँगै समग्रमा ४-१ को परिणामसहित क्वाटरफाइनलमा पुगेको हो ।