Logo ४ आश्विन २०८२, शनिबार | Sun Sep 21 2025


म्यानचेस्टर सिटीले दोस्रो स्थानमा उक्लिने अवसर गुमायो


0
Shares

बुधबार राति भएको खेलमा स्टोक सिटीसँग गोलरहित बराबरीमा समेटिंदै म्यानचेस्टर सिटीले तालिकामा फड्को मार्ने अवसर गुमाएको हो ।

उक्त खेल जितेको भए सिटी टोटनह्यामलाई पछि पार्दै लिगको दोस्रो स्थानमा उक्लने थियो । घरेलु मैदानमा भएको खेलमा सिटीले स्टोकसँग एक-एक अंक बाँडेको हो ।

रातिको खेलपछि २७ खेलबाट ५६ अंक जोडेको म्यानचेस्टर सिटी तालिकाको तेस्रो स्थानमा छ ।

समान ५६ अंक नै भए पनि टोटनह्याम गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । शीर्ष स्थानको चेल्सीको भने २७ खेलबाट ६६ अंक छ ।