
सप्तरीको मलेठमा सो आयोगको बा७च ७४७९ नम्बरको गाडीमा तोडफोड गरेको प्रहरीले जनाएको छ । तोडफोडबाट गाडीको झ्यालको सिसा फुट्नुका साथै सामान्य क्षति पुगेको छ ।
त्यस्तै, कार्यकर्ताले राजविराज–४ मा रहेको भूमिसुधार कार्यालयमा आगजनी गरेको छ ।
मोर्चाका कार्यकर्ताले विहीबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत् सप्तरीको रुपनीमा एकदर्जन गाडीमाथि ढुंगामुढा प्रहार गरी गाडीका झ्याल र ढोकाका सिसा तोडफोड गरी क्षति पुर्याएका छन् ।
मोर्चाका कार्यकर्ताले ठाउँठाउँमा टायर बालेर विरोध गरिरहेकाले राजविराजको अवस्था अहिले पनि तनावग्रस्त छ । रासस
प्रतिक्रिया दिनुहोस्