२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


मन्त्रीहरु फेरबदलः कमल थापा उपप्रधानमन्त्री, राप्रपाकै गिरी बने पर्यटनमन्त्री


0
Shares

                                                                                 फाइल फोटो
प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार विस्तारकाक्रममा थापालाई उपप्रधान तथा स्थानीय विकासमन्त्रीमा नियुक्त गरेका हुन् ।

माओवादी केन्द्रको कोटाका स्थानीय विकासमन्त्री हितराज पाण्डेलाई फिर्ता बोलाएर सो मन्त्रालय थापालाई दिइएको हो ।

यस्तै, नेपाली कांग्रेसको कोटाका पर्यटनमन्त्री जीवनबहादुर शाहीलाई फिर्ता गरेर उनको स्थानमा राप्रपाकै दिलनाथ गिरीलाई पर्यटनमन्त्री बनाइएको छ ।

नवनियुक्त मन्त्रीहरुको विहीबार (आजै) साँझ शपथग्रहण गराउने कार्यक्रम रहेको छ ।