
यस्तो मुद्दा दायर गर्ने हवाई पहिलो अमेरिकी राज्य बनेको छ ।
राज्यका महान्यायाधिवक्ता जनरल डुग चिनले ‘प्रतिबन्धको संशोधित संस्करण पहिलाकोजस्तै भएको र मुस्लिम मुलुकका नागरिकमाथिको प्रतिबन्धको दोस्रोरुप भएको’ बताए ।
राष्ट्रपति ट्रम्पको नयाँ आदेश मार्च १६ बाट लागू हुनेछ । नयाँ यात्रा प्रतिबन्धमा मस्लिम बुहल मुलुकहरु इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकलाई ९० दिनसम्म र सबै शरणार्थीलाई १२० दिनसम्म अमेरिका प्रवेशमा रोक लगाइएको छ ।
यसअघिको प्रतिबन्धमा परेको इराक भने नयाँ प्रतिबन्ध आदेशमा परेको छैन ।
राष्ट्रपति ट्रम्पले जारी गरेको पहिलो यात्रा प्रतिबन्ध आदेशमाथि संघीय अदालतले रोक लगाएको थियो ।
पहिलो प्रतिबन्धलाई हवाईलगायतका राज्यको अदालतले चुनौती दिएका थिए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्