Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


संसदमा सप्तरी घटनाको विरोध, मधेसी मोर्चाका सांसदले रोस्टम घेरे


0
Shares

                                                                                 फाइल फोटो
बैठक आरम्भ हुनासाथ सभामुखसँग समय लिएर संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोककुमार राईले फागुन २३ गते सप्तरीमा भएको झडपमा चारजनाको मृत्यु भएको र ३५ जना घाइते भएको सम्बन्धमा निन्दा गर्दै सुरक्षाकर्मीले कम्मर र टाउकोमाथि गोली प्रहार गरेर अन्तर्राष्ट्रिय मानवअधिकारको उल्लंघन भएकाले घटनामा संलग्नलाई कारबाही गर्न माग गरे ।

सो सम्बन्धमा दोषीमाथि कारबाहीको माग गर्दै आफूहरुले घेराउ गर्ने जानकारी गराएपछि मोर्चाका सांसदहरु रोस्टम घेर्न पुगेका थिए । मोर्चाको घेराउ र नाराबाजीबीच बैठकको शून्य समय सुरु भएको छ ।

नेकपा एमालेको मेची–महाकाली राष्ट्रिय अभियानको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताको विरोध नियन्त्रण गर्नेक्रममा प्रहरीले बल प्रयोग गरेको थियो ।

राईले कन्चनपुरमा भारतीय सीमा सुरक्षा बलबाट भएको हस्तक्षेपका सम्बन्धमा स्पस्ट पार्न सरकारसँग आग्रह गरे । रासस

Skip This