
फाइल फोटो
बैठकमा उपाध्यक्ष रावलले सरकारले नेपाली सीमामा सुरक्षा दिन नसकेको र विदेशी सुरक्षाकर्मीले आफ्ना नागरिकमाथि आक्रमण गर्दा सामान्य वक्तव्य दिएर लाचार प्रदर्शन गरेको आरोप लगाउँदै त्यस घटनामा भारतले क्षतिपूर्ति दिनुपर्छ भनेर सरकार बोल्न सक्नुपर्ने बताए ।
यही फागुन २६ गते कन्चनपुरको आनन्दबजारस्थित सीमामा भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट नेपाली नागरिक गोविन्द गौतमको मृत्यु भएको थियो ।
उनले सो घटना भौगोलिक अखन्डता र सार्वभौमिकतामाथि ठाडो हस्तक्षेप भएको भन्दै शान्तिपूर्ण मेची–महाकाली राष्ट्रिय अभियानकाक्रममा फागुन २३ गते सप्तरीको राजविरामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताको विरोध हुनु र प्रहरीबाट बल प्रयोग गरिएकामा विरोध गरे ।
उनले शुक्रबार (आज)बाट हेटौंडामा सुरु हुने पार्टीको अभियानमा कुनै वितन्डा नमच्चाउन र सुरक्षा दिन सरकारसँग माग गरे । रासस
प्रतिक्रिया दिनुहोस्