२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


एमालेको मेची–महाकाली अभियान हेटौंडाबाट पुनः सुरु, ओली–पोखरेलले गरे सम्बोधन


0
Shares

सप्तरी घटनापछि रोकिएको अभियान शुक्रबारदेखि सुरुआत गरिएको हो ।

हेटौंडास्थित भुटनदेवी उच्चमाविको प्रांगणमा आयोजित सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले कन्चनपुरमा भारतीय सुरक्षाकर्मीले गरेको गोली प्रहार निन्दनीय रहेको भन्दै त्यसमा सरकारले तुरुन्त प्रतिक्रिया दिनुपर्ने बताए ।

उनले सप्तरी घटनाका सम्बन्धमा पनि सरकारले कुरा चपाइरहेको आरोप लगााए ।

सभामा एमाले महासचिव ईश्वर पोखरेलले पनि सम्बोधन गरेका थिए ।

एमालेको मेची–महाकाली अभियानको र्‍याली शनिबार हेटौंडाबाट सुरु भएर चितवन हुँदै नवलपरासी पुग्ने कार्यक्रम रहेको छ ।