
वर्षाले प्रभावित खेल निर्धारित समय भन्दा झण्डै साढे दुई घण्टा ढिलागरी सुरु भएको हो ।
त्रिवि क्रिकेट मैदानमा केहीबेर अघि सुरु खेलमा नेपालले व्याटिङ थालेको छ । टस जितेको केन्या पहिला बलिङ गरिरहेको छ ।
खेललाई ३८ ओभरमा झारिएको छ । नेपाली टोलीको नेतृत्व उपकप्तान ज्ञानेन्द्र मल्लले लिने भएका छन् ।
कप्तान पारस खड्का बिरामी भएकाले उपकप्तान मल्लले प्रतियोगिताको नेतृत्व गर्न लागेका हुन् । यो खेलबाट नेपालका दिपेन्द्रसिंह ऐर र सुनिल धमलाले डेब्यू गर्दै छन् ।
आठ राष्ट्र सहभागी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अंक तालिकामा केन्या पाचौं स्थानमा छ । हालसम्म खेलेका ८ खेलमध्ये केन्याले ४ मा जित र ४ मा हार बेहोरेको छ ।
समान खेल खेलेको नेपाल अंक तालिकामा ६ अंकसहित छैटांै स्थानमा छ । प्रतियोगिताको शीर्ष चार स्थानमा अटाउने टोलीले आगामी एक दिवसीय विश्वकप क्रिकेटको छनोट चरणमा स्थान बनाउने छन् ।
नेपाल र केन्या दुवै टोलीलाई अंक तालिकाको शीर्ष चार स्थानमा अटाउन यो खेल जित्नै पर्ने दबाब छ ।
प्रतिक्रिया दिनुहोस्