
शुक्रबार राति मृतकको शव राजविराजमा ल्याएर शनिबार दिउँसो शवयात्रा निकालिएको हो ।
राजविराजबाट निकालिएको शवयात्रा सिरहाको लहानस्थित सहिदचोकसम्म पुर्याइएको थियो । शवयात्रामा सहभागी हुन मधेसी मोर्चाका शीर्ष नेताहरु राजविराज पुगेका छन् ।
शवयात्रापश्चात मृतकको शव शनिबारै अन्तिम संस्कारकालागि परिवारजनलाई जिम्मा लगाइने बताइएको छ ।
नेकपा एमालेको मेची–महाकाली राष्ट्रिय अभियानकाक्रममा विरोध प्रदर्शन गरिरहेका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा सप्तरीको मलेठ गाविस–२ का सन्जन मेहता, मलेठ–४ का पीताम्बर मण्डल र प्रसवनी–४ टेंगरीका सिनियर अहेव आनन्दकुमार साह, मलेठ–४ का वीरेन्द्र महतो र जमुनी मधेपुरा गाविस–१ कौटवीका ईनरदेव यादवको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्