१२ बैशाख २०८२, शुक्रबार | Sat Apr 26 2025


‘सरकारको निर्णय प्रतिपक्षीलाई द्वन्द्वमा उत्रन खुला आमन्त्रण’


0
Shares

काठमाडौं, असार २१ । शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका राजनीतिक नियुक्तिहरु खारेज गर्ने वर्तमान सरकारको निर्णयप्रति नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको छ ।

निर्वाचित सरकारका तत्कालीन प्रधानमन्त्री देउवाले निर्वाचन आयोगको सहमतिमै गरेका राजनीतिक नियुक्तिहरु खारेज गर्नु कानुनविपरीत र बद्नियतपूर्ण भएको टिप्पणी कांग्रेसले गरेको छ ।

बिहीबार अपराह्न पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार रातिको निर्णयमार्फत् सरकारले प्रतिपक्षीलाई द्वन्द्वमा उत्रन खुला आमन्त्रण गरेको बताए ।

स्वच्छाचारी ढंगका यस्ता निर्णयहरुले कानुनी शासनको आधारशीलामाथि प्रहार गर्ने र कानुनी राज्यको अवधारणालाई कमजोर बनाउने भन्दै उनले तत्काल निर्णय फिर्ता लिन आग्रह गरे ।

सरकार समयमै नसच्चिए प्रतिपक्षी दलको राजनीतिक र कानुनी झमेलाको सामनाका लागि तयार रहन पनि शर्माले चेतावनी दिए ।

बुधबार राति बसेको मन्त्रिपरिषद बैठकले गत भदौ १४ गते राति निर्वाचन आचारसंहिता लागू भएपछि गरिएका सबै राजनीतिक नियुक्तिहरु एकमुस्ठ खारेज गर्ने निर्णय गरेको थियो ।