
पार्टीनिकट नेपाल पर्यटन व्यवसायी संघले शनिबार राजधानीमा गरेको कार्यक्रममा उनले आगामी वैशाख ३१ गते नै स्थानीय तहको चुनाव हुने दाबी गरे ।
अब चुनावबाटै मुलुकले निकास पाउने भन्दै सभापति देउवाले चुनावका लागि उचित वातावरण बनाउन सबैलाई आग्रह पनि गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनाव नचाहने शक्ति हावी भए मुलुकमा संकटमा उत्पन्न हुने बताए ।
अब चुनावमा जुट्नुको विकल्प नभएको भन्दै उनले स्थानीय तहको चुनाव संघीयता कार्यान्वयनमा पहिलो र महत्वपूर्ण खुट्किलो हुनेसमेत बताए ।
प्रतिक्रिया दिनुहोस्