
फाइल फोटो
सभापति देउवाको निवास बूढानीलकन्ठमा भएको भेटवार्तामा नेपालको वर्तमान समसामयिक राजनीतिक अवस्था तथा नेपाल–चीनबीचको आपसी सम्बन्ध र सहयोगका विषयमा छलफल भएको थियो ।
उक्त भेटघाटमा चिनियाँ प्रतिनिधिमन्डलका नेताले नेपाल–चीनबीचको ऐतिहासिक सम्बन्ध बढी प्रगाढ बनेको तथा यसलाई थप सुदृढ र प्रगाढ बनाउन चाहेको बताएका थिए ।
चिनियाँ प्रतिनिधिमन्डलले सभापति देउवालाई चीन भ्रमणको निमन्त्रणा दिँदै चिनियाँ नेता तथा जनता उनलाई चीनमा स्वागत गर्न उत्सुक रहेको जानकारी गराएको नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उक्त भेटघाटकाक्रममा सभापति देउवाले नेपाल एक चीन नीतिप्रति कटिबद्ध रहेको र यसमा शंका गर्नुपर्ने कुनै आवश्यकता नरहेको बताएका थिए ।
नेपाल र चीनबीच सदियौंदेखि घनिष्ट र सुमधुर सम्बन्ध रहँदै आएको तथा चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा समयसमयमा पार्टीको तर्फबाट चीन भ्रमण गर्ने नेपाली कांग्रेसको प्रतिनिधिमन्डलबाट प्राप्त अनुभव र जानकारीले पार्टीलाई लाभान्वित गरेकोसमेत सभापति देउवाले बताएका थिए ।
सो अवसरमा सभापति देउवाले संविधान संशोधन गरी मधेसवादीलगायत सबै दललाई सहमतिमा ल्याएर निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने विश्वास दिलाए ।
नेपालको विकासमा चीन सरकार र त्यहाँका जनताले गर्दै आएको सहयोग र सद्भावको उच्चसराहना गर्दै सभापति देउवाले उपयुक्त समयमा चीन भ्रमण गर्नेसमेत चिनियाँ प्रतिनिधिमन्डललाई आश्वस्त पारेका थिए । रासस
प्रतिक्रिया दिनुहोस्