१५६ कम्पनीहरुको दुई अर्ब ३० करोड २० लाख रुपैयाँ बराबरका ४५ लाख ७६ हजार कित्ता सेयरहरु खरिद–बिक्री भए ।
यो गत साताको तुलनामा ५० प्रतिशतले बढी हो । गत साता १५० कम्पनीहरुको एक अर्ब ५३ करोड ३१ लाख रुपैयाँ बराबरका ३३ लाख कित्ता सेयरहरु खरिद–बिक्री भएका थिए ।
यो साता सेयर बजार परिसूचक नेप्सेमा भने गिरावट आयो । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा करिब ७ अंकले घटेर अन्तिम दिन १३ सय ४७ अंकमा आइपुग्यो ।
जलविद्युत् समूहमाबाहेक अरु कारोबार भएका सबै समूहमा गिरावट आएसँगै साताको नेप्से झरेको हो ।
यो साता कारोबार रकम र कारोबार भएको सेयर संख्याको आधारमा ग्लोबल आइएमइ बैंक एवं कारोबार संख्याको नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेड अग्रस्थानमा रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्