Logo २ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026


इन्धन आपूर्तिमा समस्या छैन, माग बढेको छ : निगम


0
Shares

रक्सौलमा धेरै जाम हुँदा ‘लोडिङ’मा ढिलाइ भएको भने निगमले जनाएको छ ।

इन्धन आपूर्तिमा समस्या आएको भन्ने हल्लाका कारण माग बढेको भन्दै हल्लाको पछि नलाग्न पनि निगमले आग्रह गरेको छ ।

सामान्य दिनको तुलनामा पछिल्ला दिनहरुमा माग २५ प्रतिशतसम्मले बढेको निगमका निर्देशक दीपक बरालले बताए ।

भारतमाभन्दा नेपालमा पेट्रोल, डिजेलको मूल्य कम हुँदा पनि तराईका नाकाबाट इन्धन भारततर्फ गएकाले पनि माग बढेको निगमको भनाइ छ ।

भारतमाभन्दा नेपालमा पेट्रोल र डिजेल प्रतिलिटर २० रुपैयाँ सस्तो रहेको बरालले बताए ।

निगमले स्वचालित मूल्यअनुसार खाना पकाउने एलपी ग्यासको भाउ २५ रुपैयाँ बढाएको दाबी गरेको छ ।

ग्यासको भाउ बढाएर पनि अझैप्रति सिलिन्डर ३०८ रुपैयाँ घाटा रहेको जनाइएको छ ।