
शनिबार राती भएको खेलमा नन लिग क्लब लिंकन सिटीलाई ५÷० ले हराउँदै आर्सनल अन्तिम चारमा पुगेको हो ।
खेलमा आर्सनललाई विजयी गराउन थियो वाल्कोट, ओलिभर जिरु, अलेक्सीस सान्चेज र आयरन राम्सेले एक–एक गोल गरे । लिंकन सिटीका वाटरफलले एक आत्माघाती गोल गरेका थिए ।
राती नै भएको अर्को खेलमा मिडिल्सब्रोलाई २-० ले हराउँदै म्यानचेस्टर सिटी पनि सेमिफाइनलमा पुगेको छ । म्यान सिटीको जीतमा डेभिड सिल्भा र सर्जीयो अगुएरोले एक–एक गोल गरे ।
एफए कप फुटबलमा आज टोटनह्याम हट्सपर र मिल्वाल भिड्दा भोलि राती चेल्सीले म्यानचेस्टर युनाईटेडसँग खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्