२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


इराकको मोसुल नजिकै पाँच सय जनाको सामूहिक चिहान भेटियो


0
Shares

अतिवादी संगठन इस्लामिक स्टेट आइएसको कब्जामा रहेको मोसुल नजिकैको बाडोउसस्थित जेलमा झन्डै पाँच सय जनाको शव रहेको सामूहिक चिहान भेटिएको इराकी सेनाले जनाएको छ ।

शिया समुदायको नेतृत्व रहेको अल–शाबी समूहले चिहानमा भेटिएका शव सर्वसाधारण कैदी रहेको जनाएको छ ।

उनीहरुलाई आइएसले हत्या गरेर एउटै चिहानमा गाडेको उसको भनाई छ । सन् २०१४ मा मोसुल कब्जामा गर्ने क्रममा आइएसले ६ सयभन्दा धेरै कैदीको हत्या गरेको बताइएको छ ।

त्यसमा धेरैजसो शिया मुसलमान थिए । आइएसको कब्जामा रहेको बाडोउश जेल केही दिनअघि सरकारी सेनाले आफ्नो नियन्त्रणमा लिएको छ ।

ह्युमन राइट्स वाचले सन् २०१४ मा सार्वजनिक गरेको प्रतिवेदनमा पनि आइएसले मोसुल कब्जामा लिने क्रममा सयौं पुरुष कैदीको हत्या गरेको उल्लेख गरिएको थियो । (एजेन्सी)