२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


हेलिकोप्टर चढ्ने क्रममा लडेर भारतका अर्थमन्त्री जेटली घाइते


0
Shares

पतञ्जली एवं हर्ब फुड पार्कमा सम्मान समारोहबाट फर्कने क्रममा सो दुर्घटना भएको बताइएको छ । बाबा रामदेव र आचार्य बालकृष्णसमेत दुर्घटनाको समयमा मन्त्री जेटलीसँगै थिए ।

पतञ्जली परिसरमै चिकित्सकले प्राथमिक उपचार गरी मन्त्री जेटलीलाई नयाँ दिल्ली पठाएको भारतीय संचारमाध्यमले जनाएका छन् । लडेलगत्तै मन्त्री जेटली बेहोस भएको बताइएको छ ।

उनको टाउकोमा चोट लागेको जनाइएको छ । उनको स्वास्थ्य अवस्थाबारे थप खुलाइएको छैन । (एजेन्सी)