Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


राजेन्द्र महतोले सोधे– ‘१८ वर्ष चुनाव नहुँदा के फरक पर्‍यो ?’


0
Shares

प्रेस मञ्च सप्तरीले आइतबार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा महतोले भने, ‘मधेस विरोधी रवैया छाड्नुस, मधेसीलाई अधिकार दिलाउने सवालमा अगाडि आउनोस् ।’

मधेसको समस्या समाधानका लागि तीन ठूला दलले पहल गर्नुपर्ने उनको भनाइ थियो ।

मधेसवादी दलले अघि सारेको माग सम्बोधन नगरी चुनाव हुन नसक्ने दाबी गर्दै महतोले भने, ‘१८ वर्ष चुनाव नहुँदा के फरक पर्‍यो ? त्यसैले दुई महिना समय बढाऔँ र संविधान संशोधन गरी चुनावमा जाऔँ ।’

मृतकका परिवारलाई आर्थिक सहयोग

यसैबीच, अध्यक्ष महतोले सोमबार भएको झडपका क्रममा प्रहरीको गोली लागी मृत्यु भएका पाँचैजनाको परिवारजनसँग आइतबार भेट गरेका छन् ।

सो क्रममा उनले मृतकका परिवारलाई आफ्नो पार्टीका तर्फबाट जनही रु एकलाख २५ हजार आर्थिक सहयोग गरेका थिए ।

अध्यक्ष महतोले मृतकका सन्तानको शिक्षादीक्षा र भरणपोषणका लागि आफूले व्यक्तिगत र पार्टीको तर्फबाट सक्दो सहयोग गर्ने वचनबद्धता जनाएका थिए ।

एमालेको मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत सप्तरीमा आयोजित जनसभा विथोल्न पुगेका सङ्घीय लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा पाँचजनाको मृत्यु भएको थियो । (रासस)

Skip This