Logo २ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026


टेलिकमले अप्टिकल फाइबर बिछ्याउन यसै साता टेण्डर आह्वान गर्ने


0
Shares

मध्यपहाडी लोकमार्गमा पर्ने पाँचथरबाट पश्चिममा धादिङसम्म अप्टिकल फाइबरको काम टेलिकमले पाएको थियो । यसलाई अगाडि बढाउन टेण्डर प्रक्रियामा जान लागेको टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले बताइन् ।

गुणस्तरीय सेवाका लागि पुराना प्रविधि विस्थापित गर्ने अभियानमा टेलिकम रहेको उनको भनाइ छ ।

उनले अन्तर्राष्ट्रिय ब्याण्डविथका लागि चाइना टेलिकमसँग गरेको सहमति अनुसार छिट्टै रसुवागढी नाकाबाट यो सेवा भित्र्याइने जानकारी गराइन् ।

यसअघि भारतबाट मात्रै अन्तर्राष्ट्रिय ब्याण्डविथ ल्याउने गरिएको थियो ।