२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


इथियोपियामा फोहोरको थुप्रोमा पहिरो जाँदा ४८ जनाको मृत्यु


0
Shares

फोहोर फाल्ने ठाउँमा पहिरो जाँदा पुरिएर उनीहरुको मृत्यु भएको हो । त्यहाँ ५० वर्षदेखि फोहोर थुपारिँदै आएको थियो ।

फोहोरको पहाड नै बनेको स्थानमा अस्थायी घर बनाएर मजदुरहरु बस्दै आएका थिए । पहिरो गएका बेला त्यहाँ १ सय ५० जना मानिस रहेको बताइएको छ ।

घटनामा अझै केही हराइरहेको हुनसक्ने आशंकामा खोजी जारी रहेको छ । ज्यान गुमाउनेमा धेरै बालबालिका रहेको सरकारी अधिकारीहरुले जनाएका छन् ।

पहिरो गएको ल्याण्डफिल्ड साइट नजिकै सरकारले फोहोरबाट उर्जा निकाल्ने केन्द्र बनाउँदै छ ।(एजेन्सी)