सरकारमा उपप्रधानमन्त्री नियुक्त भएपछि थापाले संविधान संशोधन विधेयकको समर्थनमा राप्रपालाई उभ्याउने चर्चा चलिरहेको समयमा उनको यो स्पष्टोक्ति आएको हो ।
सोमबार ट्वीट गर्दै थापाले भनेका छन्, ‘दोहोर्याएर भन्छु– राप्रपाले संसदमा विचाराधीन विधेयकको पक्षमा मत दिदैंन । निर्णयार्थ पेश भए विपक्षमा भोट हाल्छ । आफ्नो स्वार्थका लागि भ्रम नछरौं ।’
आइतबार राप्रपा परित्याग गरेका डा. प्रकाशचन्द्र लोहनीलाई संकेत गर्दै थापाले भनेका छन्, ‘हिजो गणतन्त्रमा भोट हालेका र परासीदेखि बर्दियासम्म मधेसमात्रको प्रदेश प्रस्तावका लेखकले पार्टी छाड्दै चर्को राष्ट्रियताको कुरा गरेको सुहाएन ।’
उनले आफू सरकारमा जानु अगावै राप्रपा सरकारमा रहेको पनि स्मरण गराएका छन् । उनले ट्वीट गरेका छन्, ‘चुनाव सुनिश्चितताको लागि मात्र सरकारलाई नैतिक बल दिन शीर्ष तहमा सहभागी भएको हो, भ्रमको खेती नगरौं ।’
उनले पार्टी एकीकरण गर्दा भएको लिखित सम्झौताअनुरुप पार्टीको चुनाव चिन्हबारे निर्णय भएको पनि प्रष्ट पारेका छन् । लिखित सम्झौताबाहेक अरु कुनै गोप्य सहमति नभएको थापाको दाबी छ ।









प्रतिक्रिया दिनुहोस्