१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


दुई राज्यमन्त्रीको जिम्मेवारी हेरफेर: बानियाँलाई गृह, जबेगुलाई पशुपंक्षी


0
Shares

जसअनुसार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राज्यमन्त्री रहेका इन्द्र बानियाँलाई गृह राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

पर्यटन मन्त्रालयको जिम्मेवारी कांग्रेसबाट राप्रपामा सरेपछि बानियाँलाई गृह राज्यमन्त्रीको जिम्मेवारी तोकिएको हो ।

भारत भ्रमणमा जानुपूर्व गृहमन्त्री विमलेन्द्र निधिले प्रधानमन्त्रीलाई भेटेर बानियाँलाई गृह राज्यमन्त्री बनाउने निर्णय पार्टीले गरेको जानकारी गराएका थिए ।

गृहमन्त्रीको तीन दिने भारत भ्रमणका क्रममा बानियाँले कार्यवाहक गृहमन्त्रीको जिम्मेवारी पनि सम्हाल्ने छन् ।

यसैगरी मन्त्रालय हेरफेरसँगै विना विभागीय राज्यमन्त्री बनेका पूर्वस्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जबेगुलाई पशुपंक्षी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रधानमन्त्री दाहालले सम्हाल्दै आएका उक्त मन्त्रालयमा जबेगुलाई राज्यमन्त्रीको जिम्मेवारी दिइएको हो ।

स्थानीय विकास मन्त्रालय राप्रपा अध्यक्ष कमल थापाको भागमा परेपछि जबेगु विना विभागीय राज्यमन्त्रीका रुपमा थिए ।

प्रधानमन्त्री दाहालले जबेगुलाई आज पशुपंक्षी विकास मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी तोकेका थिए ।