१० असार २०८१, सोमबार | Tue Jun 25 2024


फ्रान्सेली दूतावासले तेस्रो ‘गु द फ्रान्स’को आयोजना गर्ने


0
Shares

सोमबार काठमाडौंस्थित फ्रान्सका राजदूतको निवासमा पत्रकार सम्मेलन गरी फ्रान्स ‘गस्ट्रोनोमी’को अवसरमा कार्यक्रम गर्न लागेको जानकारी दिइएको हो ।

पत्रकार सम्मेलनमा नेपालका लागि फ्रान्सका राजदूत इभ कार्मोनाले कार्यक्रममा फ्रान्सेली खाना, परम्परागत खाना राखिने जानकारी दिए ।

यस वर्ष विश्वभरमा दुई हजार रेस्टुराँ यस खाना महोत्सवमा सरिक हनेछन् । नेपालबाट दुई कलेज र तीन रेस्टुराँले सहभागिता जनाउँदैछन् । उनीहरुले फ्रान्सेली स्थानीय खानाको स्वाद चखाउनेछन् ।

नेपालको पर्यटकीय क्षेत्रको विकास गराउन पनि यस्ता कार्यक्रम महत्वपूर्ण हुने कार्यक्रममा जानकारी दिइयो ।