फाइल फोटो
लमहीको सभालाई एमाले वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपालले सम्बोधन गरे ।
सभालाई सम्बोधन गर्दै खनालले मुलुकलाई एकबद्धता गर्न मेची–महाकाली यात्रा सुरु गरेको बताए ।
यस्तै, अर्का एमाले वरिष्ठ नेता माधवकुमार नेपालले देश विखन्डन गर्न चाहनेहरुसँग सम्झौता हुनै सक्दैन भन्दै समाजलाई उत्तेजित बनाउने र मुठभेड निम्त्याउनेविरुद्ध एमालेले अभियान चलाएको बताए ।
सभामा १० हजारभन्दा बढीको सहभागिता रहेको थियो ।
मेची–महाकाली अभियानअन्तर्गत् मंगलबार बाँकेमा सभा गर्ने कार्यक्रम रहेको छ ।





प्रतिक्रिया दिनुहोस्