२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


आज प्रतिनिधिसभाको बैठक बस्दै


0
Shares

काठमाडौं । संविधान अनुकूल नरहेका कानुनको परिमार्जन फागुन २१ गतेभित्रै गरिसक्नुपर्ने बाध्यताका कारण प्रतिनिधिसभाको बैठक आज शनिबार पनि बोलाइएको छ ।

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित गर्न प्रतिनिधिसभाको बैठक बोलाइएको हो ।

उक्त विधेयक फागुन २१ भित्र दुबै सदनबाट पारित गरी राष्ट्रपतिबाट समेत प्रमाणीकरण गरिसक्नुपर्नेछ ।

राष्ट्रियसभाले भने उक्त विधेयक पारित गरेको छ । राष्ट्रिय सभाबाट शन्देशसहित प्रतिनिधिसभामा आएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित गर्नका लागि भोलि (शनिवार) दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ ।

नेपालको संविधान २०७२ अनुसार संविधानसँग बाझिएका कानूनहरु संसद अधिवेशन सुरु भएको एक वर्षभित्र संशोधन गरिसक्नुपर्ने हुन्छ ।

अन्यथा उक्त ऐन निष्क्रिय हुन्छ । गत वर्ष फागुन २१ गते संसदको वर्षे अधिवेशन सुरु भएकाले संविधानसँग बाझिएका कानूनहरु यसवर्ष फागुन २१ भित्र संशोधन गरिसक्नुपर्ने बाध्यता आइपरेको हो ।

सरकारले एकै पटक १६५ वटा कानुन परिमार्जन गर्नेगरी छुट्टाछुट्टै दुई वटा विधेयक ल्याएको छ । दुबै विधेयक राष्ट्रियसभाबाट भने पारित भइसकेको छ ।