Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


प्रधानमन्त्री दाहाल चीन जाँदै


0
Shares

                                                                                फाइल फोटो
प्रधानमन्त्री दाहाल आगामी चैत १० गते चीन प्रस्थान गर्ने कार्यक्रम छ ।

चीनले आगामी चैत ११ गते आयोजना गरेको बोआओ मञ्चमा विशेष वक्ताकारुपमा भाग लिन उनी त्यसतर्फ जान लागेको उनको सचिवालयले जनाएको छ ।

सम्मेलनमा विश्वका राष्ट्र एवं सरकार प्रमुखलाई निमन्त्रणा दिइएको छ ।

प्रधानमन्त्रीको भ्रमणका विषयमा परराष्ट्र मन्त्रालयले आवश्यक तयारी गरिरहेको बताइएको छ ।

प्रधानमन्त्रीमा दोस्रोपटक निर्वाचित भएपछि प्रधानमन्त्रीकै हैसियतमा उनको यो पहिलो चीन भ्रमण हुनेछ ।

प्रधानमन्त्री दाहालले गत वर्ष असोजमा ब्रिक्स सम्मेलनकाक्रममा भारतको गोवामा चिनियाँ राष्ट्रपति सी चीन फिङसँग भेटवार्ता गरेका थिए । रासस